ijsgeneralsecretary@gmail.com
  • Connect With Us:

हामी आजबाट अफिसियल वेबसाइटमा

  • August 6, 2020

विश्वका ४२ देशमा रहेका झापाली समाज र झापालीहरुको छाता सङ्गठन अन्तर्राष्ट्रिय झापाली समाजले आजबाट हाम्रो आधिकारिक वेबसाइट संचालनमा ल्याएको छौ ।

वेबसाइटमा हालसम्म समाजले गरेका हरेक गतिविधि, आगामी योजना, आयव्ययको सम्पूर्ण विवरण, ४२ वटै राष्ट्रमा रहेका राष्ट्रिय समितिको जानकारी, सूचना, समाचार तथा मिडियामा जाने सस्थागत सूचनाहरु प्रकाशन गरिने छ ।

निकट भविस्यमा अनलाइन सदस्यता, विश्वको जुनसुकै कुनामा रहने झापालीहरुलाई आइपर्ने समस्या तथा सुझाब राख्ने २४ घण्टे अनलाइन सेवा लगायत अन्य थुप्रै कुराहरु समेटिने हाम्रो योजना रहेको छ ।

हामीले विश्वभरि छरिएका झापालीहरुको सफलताको कथा, झापाको पर्यटन विकास तथा अवसर र सम्भावनाहरुबारे सकारात्मक सामग्रीलाई प्राथमिकता दिनेछ । झापा र झापालीहरुको हितका लागि सामाजिक, आर्थिक, शैक्षिक, खेलकुद आदि क्षेत्रमा अन्तर्राष्ट्रिय झापाली समाज र विभिन्न देशहरुमा क्रियाशील झापाली समाजहरुका गतिविधिलाई समेट्ने हाम्रो उदेश्य रहेको छ ।

Comments


Copyright © All right reserved International Jhapali Samaj Site By: sobij