International Jhapali Society (IJS) was established with the purpose of uniting and binding the Jhapali Peoples stay around the world under one umbrella on 2016. In the course of completing 4 years of its existence IJS has developed a network of Jhapali Origin peoples by establishing National Committee (NC) in 42 countries around the world...
संसारभर विभिन्न देशहरुमा छरिएर रहेका झापालीहरुको साझा संस्थाको रुपमा स्थापित छ अन्तर्राष्ट्रिय झापाली समाज । यस गौरवमय संस्थाको सन् २०२५–२०२७ कार्यकालका लागि मलाई निर्विरोध रुपमा निर्वाचित गरी अध्यक्षको रुपमा कार्यसम्पादन गर्ने अवसर प्रदान गर्नुभएकोमा सिंगो कार्यसमितिको तर्फबाट संरक्षकज्यूहरु, राष्ट्रिय समितिहरु, प्रतिनिधिहरु लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । ‘समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ हाम्रो मूल नाराले नै हाम्रो लक्ष्य र उद्देश्य स्पष्ट गरेको छ । विश्वभरीका झापालीहरु बीचको एकतालाई सुदृढ बनाउँदै त्यसमा अन्तरनिहित शक्तिलाई झापाको समग्र विकासको लागि प्रयोग गरी समृद्ध झापा बनाउन हाम्रो कार्यसमितिले संस्थाको क्षमताले भ्याएसम्म योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।