झापाली समाज ओमानको हालै सम्पन्न भएको दोश्रो अधिवेशनबाट दोश्रो कार्यकालका लागी पुन अध्यक्षमा केशब थापा चयन भएका छन् ।
यस्तै समाजको महाधिवेशनबाट प्रथम उपाध्यक्षमा पवन शाक्य, दितीय उपाध्यक्षमा हरि घिमिरे, महासचिबमा भुपाल चौहान, सचिवमा अनिल गुरुङ, कोषाध्यक्षमा अनिल राजबंसी, सह-कोषाध्यक्षमा सोभा राई लगायत सदस्यहरुमा क्रमश कुन्दन श्रेष्ठ, तीज राइ, मुना कार्की, कौशिला दाहाल, मदन कटवाल, रञ्जित राजबंशी, श्याम राजबंशी, सिर्जना बराल, जीवन प्रसाद चम्लागाई चयन भएका छन् ।

सम्पन्न झापाली समाज ओमान अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरु र सदस्यहरुलाई अन्तर्राष्ट्रिय झापाली समाजले सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ ।