ijsgeneralsecretary@gmail.com
  • Connect With Us:

सस्थापक अध्यक्ष ओलीलाई पितृ शोक. अझासद्वारा समवेदना

  • September 26, 2022

यस अन्तर्राष्ट्रिय झापाली समाजका सस्थापक अध्यक्ष तथा संरक्षक श्री भवानीप्रसाद ओली पितृ शोकमा पर्नु भएको छ ।

स्वर्गीय पिता विष्णुप्रसाद ओलीको ९१ बर्षको उमेरमा यहि मिति २०७९ असोज ३ गते देहावसान भएको हो । १९८८ मंशिर १० गते तेरथुम, गैराघर मा जन्मिनु भएका पिता झापा जिल्ला हाल बिर्तामोड २ चैतुबारी स्थायी रुपमा बसोबास गर्दै आउनुभएको थियो ।

अत्यन्त सरल स्वाभाव भएका शिक्षाप्रेमी, दानवीर, कर्तब्यनिस्ठ कर्मयोगी, धार्मिक, सामाजिक व्यक्तिव साथै जोतिषी र कर्मकाण्ड जस्ता शास्त्रीय बिषयहरुमा गहिरो अध्यन भएको साधक हुनुहुन्थ्यो । स्वर्गीय पिताको निधनले अन्तर्राष्ट्रिय झापाली समाजले एक असल अभिभावकको शितल गुमाएको महशुस गरेको छ ।

यस दुखत घडीमा दिवगत आत्माको चिरशान्तिकाव कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै पितृ शोकमा पर्नु भएका वहाका छोराबुहारीहरु: मदन मोनिका, भवानीप्रसाद अन्जना, महेन्द्र दुर्गा, लक्ष्मीप्रसाद कान्ती ओली साथै छोरीज्वाईहरु: दुर्गा ओली, कमला भिष्म सुबेदी, इन्दिरा राजेन्द्र घिमिरे, कल्पना ओली तथा नातिनातिना, पनातिपनातिना, छरछिमेक, नातागोता, इस्टमित्र लगायत सम्पूर्ण ओली परिवारमा शोक सहन गर्ने शक्ति श्री पशुपतिनाथले प्रदान गरुन भन्दै गहिरो शोक समवेदना प्रकट अन्तराष्ट्रिय झापाली समाज परिवारले गरेको छ ।

Comments


Copyright © All right reserved International Jhapali Samaj Site By: sobij