समाजको यहि माघ ७ गते शनिबार भर्चुवल अनलाइन जुम बैठकबाट अन्तर्राष्ट्रिय झापाली समाजको सल्लाहकारहरु मनोनित गरिएको छ ।
अध्यक्ष दिपक प्रसाद ओलीको अध्यक्षतामा बसेको समाजको चौथो बैठकबाट ११ जना सल्लाहकारहरु मनोनित गरिएको हो ।
मनोनितहुनेहरुमा द. कोरियाबाट कृष्ण चापागाई, राजु थापा, अमेरिकाबाट शम्भु ढुंगाना र प्रमोद सिटौला, यस्तै अस्ट्रेलियाबाट क्रमस रुपराज मैनाली, भुपाल सिटौला, सन्तोष सिटौला, कृष्ण गिरि साथै लग्जम्वर्गबाट बालहरी राइ, कुवेत प्रेम कार्की र युएई बाट राम प्रसाद ढुंगेल मनोनित गरिएको हो ।
नव नियुक्त सलाहकारहरुलाई सस्थाका संरक्षक, अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्युहरुबाट सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरिएको छ ।