ijsgeneralsecretary@gmail.com
  • Connect With Us:

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन बिर्तामोडमा सम्पन्न

  • October 31, 2025

झापा । विश्वका ४० बढी देशमा रहेका झापालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन यही असोज २३ र २४ गते (९ र १० अक्टोबर २०२५) झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष मुकुन्द ढुंगानाको अध्यक्षता र झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन समारोह सम्पन्न भयो ।
कार्यक्रममा विभिन्न संस्था तथा व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारी, समाजका संरक्षक दिनेशकुमार पोखरेल,एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कलाकार अशोक शर्मा, पत्रकार टिकाराम यात्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत दिपक चुडालले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव नविन पोखरेलले गरेका थिए ।
कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने तथा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । अतिथिहरुलाई अध्यक्ष ढुंगानाले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरुसहित, सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका २५० बढी सामाजिक संघसंस्थाका प्रमुख, प्रतिनिधि, पत्रकारहरुको सहभागिता थियो ।
उक्त अवसरमा समाजले प्रकाशन गरेको स्मारिका २०८२ विमोचन गरिएको थियो ।

Comments


Copyright © All right reserved International Jhapali Samaj Site By: sobij