ijsgeneralsecretary@gmail.com
  • Connect With Us:

अन्तर्राष्ट्रिय झापाली समाजको नयाँ कार्यसमिति,अध्यक्षमा महेन्द्र चम्लागाईं निर्विरोध निर्वाचित

  • October 31, 2025


झापा । विश्वका विभिन्न मुलुकमा रहेका झापालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशनबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व निर्विरोध रुपमा चयन भएको छ ।
समाजको अध्यक्षमा कतारका व्यवसायी महेन्द्रप्रसाद चम्लागाईं निर्विरोध निर्वाचित भएका हुन् । उनी सन् २०२५–२०२७ का लागि अध्यक्ष चुनिएका हुन् । निर्वाचन समिति संयोजक दिनेशकुमार पोखरेलले अधिवेशनको बन्द सत्रमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गर्दै सपथ ग्रहण गराएका थिए ।
यही असोज २३ र २४ गते (९ र १० अक्टोबर २०२५) झापाको बिर्तामोडमा अधिवेशन सम्पन्न भएको हो ।
विगत ३० वर्षदेखि कतारमा व्यवसाय गर्दै आएका झापा बाह्रदशी गाउँपालिका–डाँगीबारीका चम्लागाईं यसअघि समाजका वरिष्ठ उपाध्यक्ष रहेका थिए । उनी ताप्लेजुङको फूलबारीदेखि झापा हुँदै श्रमिकका रूपमा कतार पुगेका हुन् । चम्लागाईं नेपाली व्यवसायी संघ कतारका अध्यक्ष पनि हुन् ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक चुडाल, उपाध्यक्षहरूमा नविन पोखरेल, चूडामणि कार्की र उपाध्यक्ष महिलामा सीता पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा चिरण खवास, सचिवहरूमा भवानी प्रसाद कोइराला, र अजय राजबंशी, कोषाध्यक्षमा उमेश पोखरेल र सह–कोषाध्यक्षमा रविन गिरी निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय संयोजकहरूमा मध्यपूर्व – केशव कार्की (कतार), युरोप – लोकेन्द्र नेपाल (बेल्जियम), ओसियानिया – निरञ्जन प्रसाई (अष्ट्रेलिया), अमेरिका – आशिष संग्रौला (संयुक्त राज्य अमेरिका) निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै उप–क्षेत्रीय संयोजकहरूमा मध्यपूर्व – टिका ढकाल (ओमान), युरोप – प्रकाश गिरी (नेदरल्याण्ड्स), अमेरिका – दिल्ली थापा (संयुक्त राज्य अमेरिका) निर्विरोध निर्वाचित भएका छन् ।
बन्द सत्रमा समाजका पूर्व अध्यक्ष दीपक ओलीले महत्वपूर्ण मन्तब्य राखेका थिए । पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चम्लागाईंले प्रतिवद्धता मन्तब्य राख्दै सबैको साथ सहयोगले अघि बढ्ने बताए ।

 

Comments


Copyright © All right reserved International Jhapali Samaj Site By: sobij