माल्टा । वैदेशिक रोजगारीको क्रममा युरोपस्थित माल्टा पुगेका झापालीहरु संगठित भएका छन् । जिल्लाको सामाजिक, शैक्षिक, भौतिक विकासमा योगदान गर्ने उद्धेश्य लिएर शर्मिला बस्नेतको संयोजकत्वमा झापाली समाज माल्टा गठन भएको हो । गत २१ जुलाईका दिन सामाजिक संजाल जुममा भएको भर्चुअल बैठकले बस्नेतको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको जनाईएको छ ।
नवगठित समितिकी संयोजक बस्नेतले आफ्नो क्षमताले भ्याएसम्म सामाजिक कार्यलाई संस्थागत ढंगले निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन् ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको प्रमुख आतिथ्यतामा भएको बैठकमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डाक्टर महावीर पुन लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । बैठकले नवगठित समितिलाई अन्तर्राष्ट्रिय झापाली समाजले अभिभावकत्व दिलाएर झापा र झापालीहरुको सेवामा सँगसँगै सहकार्य गरिने अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक दिनेश पोखरेलले बताए ।
नवगठित तदर्थ समितिको संयोजकमा बस्नेत सुरुङ्गा स्थायी घर भएकी बस्नेत सामाजिक सेवामा समेत सक्रिय रहदै आएकी छन् । उनी प्रष्टवक्ता, सहयोगी महिलाको रुपमा समेत परिचित छिन् ।
माल्टाको उपसंयोजकमा लोकराज पौडेल तथा सदस्यहरुमा उमेश गिरी, प्रविण थापा, द्रोणकुमार घिमिरे, मुक्ति पुरी, सुष्मा कार्की, नरेश चापागाईं, रोशन आचार्य, पार्वता उप्रेती, निशा सुवेदी, मनोज बस्नेत, पिंकुर तामाङ, नवीन भट्टराई र योगेश खडका रहेका छन् । समितिले छिट्टै माल्टामा झापालीहरुको एक बृहत भेला आयोजना गरी समितिलाई पूर्णता दिने बताइएको छ ।
उक्त समितिलाई अन्तर्राष्ट्रिय झापाली समाजले लिखित रूपमा शुभकामना दिदै नयाँ सदस्य राष्ट्रका रुपमा मान्यता दिएको महासचिव खेमराज जमरकट्टेलले बताएका छन् ।
तीन सदस्यीय सल्लाहकार समिति
बैठकले माल्टामा लामो समयदेखि रहेका तीन जना समाजसेवीहरुको सहभागितामा एक सल्लाहकार समिति गठन गरेको छ । समितिको वरिष्ठ सल्लाहकारमा तेजबहादुर लिम्बू र सल्लाहकारमा नवीन गिरी र राजीव दाहाल रहेका छन् ।