अन्तर्राष्ट्रिय झापाली समाजको नियमित जुन २४, २०२२ मा बसेको तेश्रो बैठकले नव मनोनित पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष दिपक प्रसाद ओलिबाट शफथ ग्रहण गराईएको छ |
अध्यक्ष दिपक प्रसाद ओलिको अध्यक्षतामा मे २९, २०२२ मा बसेको कार्यसमिति पुर्णता दिने बैठकले प्रवक्ताः खेमराज जम्मर कट्टेल (इजरायल), सचिबः इन्द्र ओली (बेल्जियम), कोषाध्यक्षः अजय श्रेष्ठ (द.कोरिया), क्षेत्रिय संयोजक (एशिया, हङकङ)- त्रिभुवन लुङफुङवा, क्षेत्रिय सह संयोजक क्रमसः मुकेश खनाल (एशिया, द.कोरिया), इन्द्र न्यौपाने (ओसनिया, अष्ट्रेलिया), गणेश प्रसाई (युरोप, आयरल्याण्ड), सदस्यः रमा बुढाथोकी (इजरायल) मनोनित गरिएको थियो |
बैठकले कार्यसमिति संचालनका लागी कार्यसमिति संचालन आचार संहिता नियमावली २०२२ संशोधन सहित पारित गरेको छ |
बैठकमा विशेस उपस्थिति संरक्षकहरु भवानी ओली, दिनेश पोखरेल र छत्र सुब्बाको रहेको थियो |